स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा एम्बुलेन्स सडकबाट खस्दा दुई जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-५ माझकोटस्थित वालिङ-चापाकोट भित्री सडकखण्डमा आज बिहान ४ बजेतिर बा२झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाकाृ मृत्यु भएको हो ।

काठमाडौंबाट चापाकोट नगरपालिका जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुदाँ अन्य २ जना गम्भीर घाइते छन् । काठमाडौंमा बिरामी छोडेर चापाकोटका २८ वर्षीया गर्भवती महिलालाई घर लिएर फर्केको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चापाकोट नगरपालिका-९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट-१० का २५ वर्षीय श्याम पंगेनी रहेको डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । चापाकोट-९ की २८ वर्षीया पवित्रा पोखरेल र चालक सोही स्थानका ३१ वर्षीया सुरेन्द्र भण्डारी गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि पोखरा रिफर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *