कास्कीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट हुने कोभिड १९ का कारण कास्कीमा थप एक जनाको मृत्यु भएको छ ।

पोखरा १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले मकालु खबरलाई जानकारी दिए ।

“मलाई जानकारी भएअनुसार उहाँको मृत्यु भएकै हो । यो आज बिहानकै घटना हो ।”उनले मकालु खबरसँग भने, ‘उहाँको उपचारकै क्रममा मृत्यु भएको भनेर भनिएको छ ।’

उनको गत १० भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =