वीपी प्रतिष्ठानमा एक ५५ वर्षिय कोरोना संक्रमितको मृत्यु

सुनसरी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज एक ५५ वर्षिय पुरुष कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको हो ।

प्रतिष्ठानमा प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सिराहा जिल्ला सरह नगरपालिका १ का ५५ वर्षिय पुरुषको निधन भएको छ । उनी भदौ ६ गते प्रतिष्ठान आएका थिए ।

ति पुरुषलाई तीन दिन देखि ज्वरो, अत्याधिक खोकी तथा स्वास फेर्न समस्या भएपछि परिवारले सिधै वीपी प्रतिष्ठान ल्याएको थियो । उनी दिर्घकालिन रोगको शिकार थिए ।

उनमा उच्च रक्तचाप थियो भने २० वर्ष अगाडी १८ महिनासम्म टि वी को औषधी सेवन गरेको पाइएको प्रतिष्ठानले जनाएको छ । उनको भदौ ७ गते पिसिआर टेष्ट भएकोमा पोजेटिभ देखिएपछि कोभिड अस्पतालको आसियूमा उपचार भइरहेको थियो ।

प्रतिष्ठानले शवको व्यवस्थापन नियमानुसार भइरहेको बताएको छ । योसँगै प्रतिष्ठानमा कोरोना पोजेटिभबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =