गाेरू काटेकाे विषयमा भएकाे झडपमा शसष्त्रकाे गाेली लागि एककाे मृत्यु

काठमाडाैं । झापामा गाेरू काटेकाे अभियाेगमा पक्राउ गरेका आराेपी बिरूद्व कानुनी प्रक्रिया अवरूद्व गर्न खाेज्दा एकजनाकाे मृत्यु भएकाे छ। सुरक्षा फाैजले स्थिती नियन्त्रणमा लिन चलाएकाे गाेली लागेर एकजनाकाे मृत्यु भएकाे हाे ।

यतिबेला साे क्षेत्रमा बाटाे अवरूद्व गरेर स्थानिय सुरक्षा फाैजकाे बिराेधमा उत्रिएका छन् ।

प्रहरीका अनुसार बुधबार झापा गा.पा. वडा नं. ३ स्थित कटुवामारी भन्ने स्थानमा पशुचौपाया काटी रहेको भन्ने बिशेष सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी निरीक्षक संदिप बोगटी र सशस्त्र प्रहरी बल टाघनडुब्बाबाट सहायक प्रहरी निरीक्षक समेतको संयुक्त प्रहरी टोली घटनास्थल गएकाे थियाे ।

घटनास्थलमा पहिचान खुल्न नसकेको चौपायाको मासु टुक्रा पारेको अबस्थामा फेला पारी सो कार्यमा संलग्न जिल्ला झापा झापा गा.पा. वडा नं. ३ कटुवामारी बस्ने अन्दाजी बर्ष ५२ को अबदुल सलाम र साेहि ठाउँ बस्ने बर्ष ५० को ताजबुल हक समेत, काटिएको मासु सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झापामा ल्याएर राखिएकाे थियाे ।

उनीहरुलाई म्याद थप तथा आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापा ल्याउने तयारी गर्ने क्रममा कामाटोली भन्ने स्थानमा डिउटीमा खटिएको सुरक्षाकर्मीहरुलाई सो स्थानका स्थानियबासीहरुले घेरी नियन्त्रणमा लिईएको भन्ने पुनः जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी निरीक्षककाे टोली र सशस्त्र प्रहरीको टोली खटि गई सम्झाई बुझाई गर्दा स्थानियबासीले उक्त सुरक्षाकर्मी समेतलाई हातपात गरी, प्रहरीको गाडीको चाबी थुत्‍ने समेत काम भएकाे थियाे । 

साे क्रममा स्थानीय बासीले प्रहरी माथि ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरी बलको तर्फबाट भिडलाई तितरबितर गर्ने क्रममा हवाई फायर गर्दा स्थानियबासी जिल्ला झापा झापा गा.पा. वडा नं. ३ बस्ने बर्ष ३८ को रसिकुल आलमलाई १ राउण्ड गोली लागी घाईते भएका थिए ।

उनलाइ उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा उनको ७ः४० बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका अबदुल सलाम र ताजबुल हक इलाका प्रहरी कार्यालय कुमरखोदमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =