प्रदेश १ मा थप १ सय ८ सङ्क्रमित, ८१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज (बुधवार) १ सय ८ सङ्क्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाकारी दिएको छ ।

विराटनगरमा आज ४३ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएकोे मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहवीमा २ पुरुष, धरानमा १ महिला, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलामा सङ्क्रमण देखिएको छ ।

उता ते¥हथुमको म्याङलुङमा ४ महिला ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९४० पुगेको छ ।

प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ३८५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आज सम्म ८२ हजार १०२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =