गौराको शुभकामना दिँदै प्रधानमन्त्रीले भने–‘जीवन रक्षामा ध्यान दिऔं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेषगरी सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको शुभकामना व्यक्त गर्दै आफ्नो जीवन रक्षामा ध्यान दिन आग्रह गरेका छन् ।

बुधबार (आज) विज्ञप्तिमार्फत् शुभकामना व्यक्त गरेका प्रधानमन्त्री ओलीले विषम परिस्थितिमा सबैभन्दा अगाडि जीवन रक्षालाई ध्यान दिन अनुरोध गरेका हुन् ।

उनले उल्लेख गरेका छन्, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को यस प्रतिकूल अवस्थामा गौरालगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिनुपरेको छ । जीवन रक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक छ ।”

यस्तै नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक विशेषता भएको देश औंल्याएका प्रधानमन्त्री ओलीले यसैको विशेषतालाई अनुसरण गर्दै मुलुकको विकासतर्फ अग्रसर हुनसमेत आव्हान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *