चितवनमा थप चार जनामा कोरोना पुष्टि
२०७७ भदौ ६ गते

चितवन मेडिकल कलेज। फाइल
चितवन । चितवनमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाको वडा नम्बर १, ८ र २३ का दुई जना पुरुष र एक महिला गरी तीन जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै खैरहनी नगरपालिका वडा नं. १२ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको चितवन मेडिकल कलेजले जनाएको छ ।

२०७७ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








