पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, कूल मृतकको संख्या ३६ पुग्यो

काठमाडौं । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

त्यहाँको बहुदरमाई नगरपालिका ४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

मृत्यु भएकामध्ये २७ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा विहान ७ बजे उनको मृत्यु भएको डा. दीपक कुशवाहाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =