पहिरोका कारण अबरुद्ध मुग्लिन–नारायणघाट सडक खुल्यो

चितवन । पहिरो खस्दा अबरुद्ध भएको मुग्लिन–नारायणघाट सडक खुलेको छ । शुक्रबारदेखि अबरुद्ध भएको सडक खुलाइएको हो । पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् ।

पहिरो आंशिक रुपमा पन्छाएपछि बाटो एकतर्फी रुपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

एकतर्फी खुला भएको बाटो पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही घण्टा लाग्ने छ । सडक खुलेसँगै रोकिएका सवारी साधान गन्तव्य तर्फ लागेका छन् ।

इच्छाकामना गाउँपालिका अन्तर्गत मुग्लिन नजिकैको तीन नम्बर पुलमा शुक्रबार पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =