८३८ नयाँ संक्रमित थपिँदा २५० संक्रमणमुक्त भए : स्वास्थ्य मन्त्रालय
२०७७ भदौ ५ गते

काठमाडौं । थप ८३८ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमार्फत् दिएका जानकारीअनुसार ८३८ नयाँ संक्रमित थपिँदा २५० जना संक्रमणमुक्त भएका हुन् ।
योसँगै कूल संक्रमणमुक्त हुनेको संख्या १८,२१४ जना रहेका छन् । यस्तै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ ।
हाल १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेशनमा ८ हजार ५४६ छ । होम आइसोलेशनमा रहनेको संख्या भने ३,५८६ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
२०७७ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








