विराटनगरमा कोरोना संक्रमितको घरैमा मृत्यु, सेनाद्वारा शवको व्यवस्थापन

मोरङ । विराटनगर ६ सरोक्षियाका कोरोना संक्रमणबाट मृत्यु भएका ४५ वर्षीय पुरुषको शव नेपाली सेनाले उठाएको छ ।

बिहीबार राति ८ बजे घरैमा मृत्यु भएका पुरुषको शव शुक्रबार बिहान ११ बजे सूर्यदल गण थलाहा व्यारेकबाट खटिएका शव व्यवस्थापन टोलीले मृतकको शव उठाएको हो ।

घरैमा मृत्यु भएको संक्रमित पुरुषको शव नेपाली सेनाले मृतकको घरैबाट शव उठाई मोरङको कानेपोखरीमा शव व्यवस्थापन गरिएको सूर्यदल गणका सेनानी उमेश खड्काले जानकारी दिए ।

भदौ ३ गते मृतक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित पुरुष होमआइसोलेसनमा रहँदै आएको विराटनगर महानगरपालिका–६ का वडाअध्यक्ष विजय कामतले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुष मधुमेहका रोगी थिए । भने दीर्घरोगी हेका मृतक पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपश्चात् मृत्यु भएको कामतको भनाई छ ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =