सुङग्देल सेवा समाज युकेद्धारा राहत बितरण

धरान । दिनप्रतिदिन लकडाउन थपिदै गएपछि विपन्न वर्गमा परेको समस्यालाई मध्यनजर गरी सुङग्देल सेवा समाज युकेले राहत बितरण गरेको छ ।

गएको चैत्र ११ गतेबाट देशमा पहिलो तीन महिना लकडाउन जस्तै अहिले तेश्रो पटक धरानमा लकडाउनको कारण समस्यामा नागरिकहरुलाई राहत मिलोस भनेर समाजको सहकार्यमा राहत बितरण गरिएको सुङग्देल सेवा समाज सुनसरी संयोजक खिलेन्द्र राईले बताए ।

राईका अनुसार धरानमा दैनिक ज्यालादारी गरि जिविको पार्जन गर्ने अति विपन्न परिवारलाई राहत प्रदान गरिएको छ ।
राहत सोही समुदायका ३५ घरपरिवारलाई चामल २५ किलो, दाल ५ किलो र खानेतेल २ लिटर गरी ८१ हजार रुपैया बराबरको रहेको छ ।

उक्त राहत रकम सुङग्देल सेवा समाज युकेका संयोजक गमबहादुर राईको पहलमा संकलन गरी पठाईएको थियोे भने सोही रकमबाट खाद्यान्न खरिद गरी राहत वितरण गरिएको समाजकै सदस्य लोकराज राईले जानकारी दिए ।

उनीहरुलाई आज धरान ११ स्थित कल्याण चौकमा भेला गरी राहत वितरण गरिएको सुङग्देल सेवा समाज युकेका सुनसरी संयोजक खिलेन्द्र राईले जानकारी दिए । समाजले यसभन्दा अघिको लकडाउनमा पनि आफ्ना समाजका १९ घरपरिवारका निम्न वर्गलाई राहत बाँडेका थिए ।

स्मरण रहोस धरानमा पहिलो लकडाउनको समयमा स्थानीय सरकारले राहत वितरण गरेपछि त्यसपछिका दिनहरुमा राहत वितरण भएको देखिएको छैन । निरन्तरको लकडाउनले दैनि ज्यालादारी र श्रमिक वर्गलाई साँझ विहान छाक टार्न समेत धौधौ भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =