तेजाब आक्रमणका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतकाे आदेश
२०७७ भदौ ४ गते

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले स्थानीय बाफलकी एक युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ ।
न्यायाधीश कृष्णजङ्ग शाहको आजको इजलासले तेजाब आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिए ।
आदेशमा तेजाब पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट रु दुई लाख राहत दिनसमेत भनिएको छ ।
अभियुक्तलाई गत साउन ८ गते कार्कीलाई काठमाडौँको बाफलमा सँगै खाजा खान बोलाएर तेजाब प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग लागेको छ । कार्कीको हाल उपचार भइरहेको छ ।
२०७७ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित









