‘आशा छ, गीता छोएर कसम खाएको खेर जाने छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सदस्य जनकराज पाठकले चुनाव चिन्हको विषय चाडै टुग्याउन आग्रह गरेका छन् । पार्टी अध्यक्ष कमल थापालाई खुलापत्र लेख्दै केन्द्रिय सदस्य पाठकले आम कार्यकर्ताको भावनालाई आत्मसाथ गरेर चुनाव चिन्हको विषय टुग्याउन आग्रह गरेका हुन् ।

पार्टीका तीनवटै अध्यक्षहरुले गम्भीर छलफल गरेर निर्णय लिनुको विकल्प नभएको उनको धारणा छ । पार्टीको आधारपत्र अनुसार सबै काम तपाई तीन जनाले गर्न हुने तर, पार्टीको चिन्हबारे निर्णय गर्न किन नहुने ? भन्दै उनले प्रश्न गरेका छन् ।

आधारपत्रमा चिन्हबारे ६ महिनाभित्र निर्णय गर्नुपर्छ भनेर लेखेको स्मरण गराउँदै केन्द्रिय सदस्य पाठकले अब धेरै दिन बाँकी नरहेको उल्लेख गरे । ‘यो समयमा तपाइहरु निर्णय गर्न नसक्ने हो भने यसलाई हामी जस्ता कार्यकर्ता ले कसरी बुझ्ने ? के हामी फेरी आ–आफ्नो घर फर्कने ? हामी कार्यकताहरु एकता भाडिएको स्वीकार गर्दैनौं,’ उनले अगाडि भनेका छन् ।

यस्तो छ पाठकले पार्टी अध्यक्ष कमल थापालाई लेखेको पत्र :-

पार्टी अध्यक्ष श्री कमल थापा ज्यु !
सादर नमस्कार

पार्टी एकताबारे तपाइको सामाजिक सञ्जालमा निस्केको भनाइप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । तपाइले आफू कसैको दबावमा काम नगर्ने भनेर लेख्नु भएको भनाइको म खुल्ला दिलले समर्थन गर्दछु । पार्टीप्रति प्रतिवद्ध म जस्ता राप्रपाका हजारौं कार्यकताहरुलाई के विश्वास छ भने तपाई लगायत अन्य दुई नेताहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि कसैको दबाव र प्रभावमा काम गर्ने नेता होइनन् । तपाईहरु तीनै जना कसैलाई दबाव दिने या अरु कसैको दबाव सहेर काम गर्ने व्यक्तिहरु होइन ।

यो विशेषता भविष्यमा पनि कायम राख्न अनुरोध गर्दछु । तर यसको साथै पार्टीको भविष्यको लागि मिलेर तपाईहरु तीन जनालाई काम गर्ने चरित्र कायम गर्न पनि म नम्र निवेदन गर्दछु । मेरो सामान्य सोचाइमा पार्टी नेताहरुले आफ्नो आत्मसम्मान कायम राख्नु आवश्यक छ भने भोलिको लक्ष्यको लागि मिलेर तथा एक–अर्कोलाई विश्वासमा लिएर काम गर्नु झन् जरुरी छ । यसमा कमीकमजोरी नहोस् । यती मेरो अनुरोध छ ।

अध्यक्ष ज्यु
तपाइले पार्टीको आधारपत्र अनुसार जानुपर्ने कुरा गर्नुभएको छ । यो ठिक हो । तर तपाईहरु तीन जनाले पार्टीको झण्डाबारे निर्णय गर्नुभयो । पार्टीको विधानबारे निर्णय गर्नु भयो र पार्टीमा तपाईहरु सर्वोच्च भनी घोषणा गर्नु भयो । यि सबै काम तपाई तीन जनाले गर्न हुने तर, पार्टीको चिन्ह्रबारे निर्णय गर्न किन नहुने ? यो तर्क बुझिएन । आधारपत्रमा चिन्ह्रबारे ६ महिनाभित्र निर्णय गर्नु पर्छ भनेर लेखेको छ । अब धेरै दिन बाँकी छैन । यो समयमा तपाईहरु निर्णय गर्न नसक्ने हो भने यसलाइ हामी जस्ता कार्यकर्ताले कसरी बुझ्ने ? के हामी फेरी आ-आफ्नो घर फर्कने ? हामी कार्यकताहरु एकता भाडिएको स्वीकार गर्दैनौं । तपाइले एकतामा जोड दिनु भएको छ । यो स्वागतयोग्य छ हामीलाई आशा छ हिन्दुधर्मको आधार ग्रन्थ गीता उचालेर हजारौं कार्यकर्ताबिच लिनु भएको सपथ खेर जाने छैन ।

अध्यक्ष ज्यु
राप्रपा (नेपाल) र राप्रपालाई गाई चुनाव चिन्ह्रसंग माया छ र गाई अङ्कित झण्डासंग माया छ । यो बुझ्न सकिने कुरो हो । त्यस्तै राप्रपा संयुक्त र राप्रपालाई पनि हलो प्रती भावना छ र हलो अङ्कित झण्डाप्रति भावना छ । यो पनी यथार्थता हो । हाम्रा साथिहरुले दुवै चिन्ह र झण्डा लिएर राप्रपा को ३० वर्ष इतिहासमा चुनाव लडेको छन् । २०५१ सालको प्रत्यक्ष चुनावमा हलो चिन्हबाट राप्रपा तेश्रो ठुलो दल भएको थियो र राप्रपाका १७ माननियहरु मन्त्री भएका थिए । यो समयमा राप्रपाको हलो चिन्हबाट दुइजना हाम्रा नेताहरु प्रधानमन्त्री भए ।

तपाइ र पशुपति शमशेर राणा मन्त्री हुनु भयो भने डा. प्रकाशचन्द्र लोहनी कार्यवाहक प्रधानमन्त्रीसम्म हुनुभयो । यो हलो को इतिहास हो । त्यस्तै गाईबाट २५ जना सांसदको साथै तपाइ उपप्रधानमन्त्री र अरु मन्त्री हुनुभयो हामीले आज राम्रो संगठन गर्नसकेम र जनताको आवाज वोक्न सकेम् भने हामीलाइ जनताले खुलेर मत दिन्छन् । यसकारण हलो र गाई दुुवैलाइ समातेर दुवै पक्षका कायकर्ताहरुलाइ उत्साह दिएर अघि बढ्न झण्डामा र्गा राखिसकेपछि चुनाव चिन्हमा हलो राख्नु के वुद्धिमानी होइन र ? तपाइहरु तीनजनाको विवेकले काम गरोस् यही कार्यकर्ताको चाहना हो । ‘वोल्ड’ निर्णय व्यक्ति केन्द्रित हुनु भएन । राप्रपाका सबै कार्यकर्तालाइ उत्साह जगाउने हुनु पर्दछ ।

अध्यक्ष ज्यु
तपाइले राप्रपा भित्र “मिर्जाफर” प्रवृत्ति देखियो भनी गुनासो गरेको देखियो । यो तपाइले कसलाइ भन्न खोजेको ? बुझिएन । पार्टीमा कुनै कुरामा असहमति राख्यो भने त्यसलाइ मिर्जाफर भन्नु गलत हो । राप्रपाका सबै कार्यकर्ता एकता चाहन्छन् र यसको पक्षमा “वोल्ड” निर्णय देख्न चाहन्छन् । अब हामीले एक अर्कालाइ मिर्जाफर या यस्तै अन्य नाम दिएर सकारात्मक गती आउदैन् । मेरो साने बुझाइमा राप्रपामा कोही मिर्जाफर छैनन् । हामीमध्ये केहीमा अहं भने अली बढी नै छ । त्यसैले आफ्नो मुल्याङ्कन एक पटक आखा चिम्लेर हामी सबैले गरु र पार्टी एकतालाई मुर्तरुप दिन तिर लागौं ।

अध्यक्ष ज्यु
नेकपाको अक्षमता र भ्रष्टाचार र नेकाको निष्क्रियताले जनता पिल्सिएका छन् र तेश्रो प्रजातान्त्रिक र राष्ट्रवादी दलको खोजमा छन् । यो ठाउँ अब राप्रपाले पुुरा गर्नु पर्छ र हाम्रो सामु यो एतिहासिक चुनौति हो । हामी अहिले मिलेर गएमा आउँदो दुई वर्षमा तपाईहरु देश हाक्ने ठाउँमा पुग्ने स्पष्ट सम्भावना छ । यो कल्पना र सपना तपाई तीनै अध्यक्ष ज्युहरुले बोक्नुस् र देशलाई निकास दिनुस् । मिलेर जानु भयो भने हामी निश्चित रुपमा सफल हुनेछौं ।

आगे जो मर्जी !

जनकराज पाठक
केन्द्रिय सदस्य, राप्रपा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =