संसदकाे विवादित लाेगाे फिर्ता, फेरि अर्काे बनाइने

काठमाडाैं । संघीय संसदका पदाधिकारी र सदस्यहरूले लगाउने संघीय संसदकाे प्रतिक चिन्हकाे ब्याच पिनबारे सर्वत्र आलोचना भएपछि परिमार्जन गरिने भएकाे छ ।

संघीय संसद सचिवालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएकाे हाे । नयाँ प्रतीक चिन्हमा साविकमा प्रयाेग भएकाे प्रतीक चिन्ह रहेकाे नेपालकाे नक्साकाे सट्टा नयाँ नक्सा राखिएकाे छ भने संघीय संसद, नेपाल थप गरिएकाे छ ।

संघीय संसद सचिवालयले असार २१ गते बागमती प्रदेश सरकार अन्तर्गतकाे घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरलाई ३५० थान ब्याच पिन तयार गर्न जिम्मेवारी दिएकाे थियाे । त्यसको आलोचना भएपछि परिमार्जनका लागि पुनः भदौ २ गते फिर्ता पठाइएकाे हाे ।  संरचनागत र साजसज्जा सम्बन्धी समस्याहरू देखिएपछि लागाे फिर्ता पठाइएकाे सचिवालयका प्रवक्ता डा. राेजनाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =