राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छन्।

आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उनले पु¥याएको योगदानलाई सधैँ सम्झिरहने बताएकी छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताएका छन् ।

उनले पनि आज साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =