गढीस्थित वाइवाइ चाउचाउ उद्योगमा कार्यरत ४ जना मजदुरमा कोरोना

दुहवी । सुनसरीको गढीस्थित औराबनीमा रहेको सिजि फुड प्रा.लि. वाइवाइ चाउचाउ उद्योगमा कार्यरत ४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सुनसरी जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३ सय ३२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

औराबनीमा सञ्चालनमा रहेको चाउचाउ उद्योगका कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले उक्त उद्योग बन्द गराउने तर्फ पहल थालेको छ ।

सुनसरीको गढि गाँउपालिकामा रहेको सिजि फुड प्रा.लि. वाइवाइ चाउचाउमा कोरोना सक्रमित पुष्टी भएका ४ जना मध्ये २ जना इनरुवा ५ बलाहामा र अर्का १ जना इनरुवामा घर भाडा लिएर बस्दै आएका र गढीका एक जना रहेका छन् ।

३ सय बढी कामदार कार्यरत सीजी उद्योगका कामदारमा संक्रमण देखिए पछि समुदायमा जोखिम बढेको ठहर सहित उद्योग बन्द गर्ने तर्फ प्रकृया अघि बढाइएको गढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =