नेकपा सचिवालयद्वारा ६ सदस्यीय कार्यदल अनुमोदन, समय सीमा तोकिएन

काठमाडौं । नेकपा सचिवालय बैठकले ६ सदस्यीय कार्यदललाई जिम्मेवारी दिएको छ ।

बैठकले पार्टीमा निम्तिएको संकट समाधान गर्न गठित कार्यदललाई अनुमोदन गरेको हो । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सोमबार (आज) बसेको बैठकले कार्यदललाई अनुमोदन गरेको पार्टी सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

तर, कार्यदललाई कहिलेसम्ममा सुझाव पेश गर्ने भन्ने समय सीमा भने निर्धारण नगरिएको उनले बताए । यद्यपि पनि बैठकले चाँडो भन्दा चाँडो सुझाव पेश गर्न भने भनेको छ ।

कार्यदलले घनिभूत छलफल गरेर अध्यक्षद्वयलाई प्रतिवेदन बुझाउने बताइएको छ । उक्त प्रतिवेदनलाई परिमार्जनसहित पार्टीको सचिवालय वा स्थायी कमिटी बैठकले पारित गर्नेछ ।

गत शुक्रबार अध्यक्षद्वयले पार्टीको संकट समाधानका लागि भन्दै ६ सदस्यीय कार्यदल गठनको गरेका थिए । त्यसपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायत नारायणकाजी श्रेष्ठले कार्यदल गठनको निर्णय सचिवालयले गर्नुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =