नेकपाको सचिवालय बैठक बस्दै, कार्यदलले कार्यादेश पाउने
२०७७ भदौ १ गते

नेकपा सचिवालय बैठक। फाइल फोटो
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । बैठक बिहान ९ बजे बस्ने गरी बोलाइएको छ ।
बैठकले नेकपामा जारी विवादको समाधानका लागि गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्नेछ । कार्यदलको वैधानिकतामाथि प्रश्न उठेपछि सचिवालय बैठकबाट कार्यदललाई औपचारिकता र कार्यादेश दिन लागिएको हो ।
शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल मार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।
२०७७ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित








