वीपी प्रतिष्ठानमा उपचाररत ५० वर्षीया संक्रमित महिलाको मृत्यु
२०७७ साउन ३२ गते

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान काेभिड अस्पताल ।
धरान । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगरको न्युरो हस्पिटलबाट रिफर भई वीपी प्रतिष्ठानमा उपचाररत ५० वर्षीया महिलाको मृत्यु भएको हो ।
विराटनगरको तीनपैनीकी ५० वर्षीया महिलाको उपचारको क्रममा शनिबार राती साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार ४-५ दिनदेखि अत्यधिक ज्वरो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरोले प्रतिष्ठान रिफर गरेको थियो ।
ती महिलालाई शनिबार राती साढे ११ बजे मात्रै प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतक महिला फोक्सो, थाइराइड र मुटुको समस्याले पीडित थिइन् । मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको पनि डा. सापकोटाले जानकारी दिए ।
२०७७ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित









