वीपी प्रतिष्ठानमा ८ जना कोरोना संक्रमित भर्ना हुँदा १६ जना डिस्चार्ज
२०७७ साउन २९ गते

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप ८ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन् । प्रतिष्ठानका अनुसार विगत २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित भर्ना भएका हुन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले २४ घन्टामा १६ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । हालसम्म प्रतिष्ठानमा भर्ना भएको ३१५ जना कोरोना संक्रमित उपचार पछि निको भएर डिस्चार्ज भइसकेका छन् ।
प्रतिष्ठानमा १०२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रतिष्ठानले पछिल्लो दिन कोरोना संक्रमितको संख्या बृद्दि भएसँगै आफ्नो क्षमता समेत बृद्धि गरेको छ । प्रतिष्ठानमा अहिलेसम्म काेराेना उपचारकाे क्रममा ५ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

२०७७ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित









