बागलुङमा १३ मजदूरमा कोरोना देखियो
२०७७ साउन २४ गते

काठमाडौं । महोत्तरीबाट बागलुङ आएका १३ मजदूरमा कोरोना भाइरस देखिएको छ ।
धौलागिरि अस्पताल भवन निर्माणका लागि महोत्तरीबाट बागलुङ आएका १३ जना मजदूरमा कोरोना देखिएको हो ।
उनीहरूलाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । गण्डकी प्रादेशिक प्रयोगशाला, पोखरामा ६ दिनअघि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण देखिएको थिएन ।
तर, ६ दिनपछि गरिएको परीक्षणमा उनीहरू संक्रमित रहेको देखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कामका लागि आएका १७ जना मजदूरहरुमध्ये गत १८ असारमा एकजनामा संक्रमण देखिएपछि सबैको पुनः परीक्षण गरिएको थियो ।
त्यस दिन १६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । परीक्षणका लागि पठाइएका बाँकी ३ जनाको भने दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएको धौलागिरि अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विकले बताए ।
२०७७ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








