धरानस्थित सर्दु खोला पुल जोखिममा
धरान । सुनसरीको धरान उपमहानगरपालिका वार्ड नम्बर १३ र २० लाई जोडने ओशो पार्क छेउको पक्किपुल नदि कटानको कारण जोखिममा परेको छ । यस वर्षको अविरल वर्षाले गर्दा सर्दु खोलामा आएको बाढी एकोहोरीएर बग्दा पुलपुनिको जमिनमा झण्डै १५ फिट गहिरो खाडल बनेर पुल जोखिममा परेको हो ।
बाढिका कारण पुल छेउको खाडल बढेकोले पुल भत्किले सम्भावना बढेपछि स्थानीय बासिन्दा चिन्तित बन्न पुगेका छन् । यसै वर्ष सो पुलको माथिल्लो क्षेत्रमा वीपी पार्क र रक गार्डेनको लागी सिमेन्ट लगाएर खोलाको दुुवै भागमा पर्खाल लगाईएको थियो । उपभोक्ता समुहको नाममा निर्माण भएको सो पर्खाल लगाउँदा खोला भित्रकै ढुगा चलाई दिदा खोलाले यो रुप लिएको कुरा स्थानीय बताउँछन् ।यो वर्ष प्रदेश सरकारवाट वीपी पार्कको नाम आएको ६० लाख र रक गार्डेनको नाममा आएको ४० लाख गरी जम्मा एक करोडको पानी छेक्ने पर्खाल मात्र बनाईएको छ । सो क्षेत्र सर्दु जलाधार क्षेत्र भित्र पर्ने भएकोले यहा हुने कुनै पनि निर्माण कार्य गर्नु भन्दा अधि विस्तृत अध्ययन अनुसन्धान गर्नु पर्ने प्राविधिकहरु बताउँछन् ।
तर यसै वर्ष एक करोडौ रुपैया वढिको काम हुदा पनि त्यहा कुनै वातावरण प्रभाव मूल्याकन गरियो न त मास्टर प्लान नै बनाइयो । यो पार्क स्थानीय राजनितिक दलहरुको लागि कार्यकर्ता पाल्ने नयाँ मागि खाने भाडो भएको छ । जसको पहिलो शिकार यो सर्दुको भर्खरै एडिवी परीयोजनाले बनाएको पक्कि पुल बन्न गएकोमा जलाधार विज्ञ सुरज राई चिन्ता व्यक्त गर्छन ।हाल फलावर व्रिजको नामले प्रसिद्धि पाउँदै गरेको सो पुलमा सेल्फी खिच्न आउनेहरुको ठू भिड लाग्ने गरेको छ । खानेपानीको ५ वटा ठुला ठुला फलामका पाईपहरु लानको लागी सो पुलको निर्माण गरीएको हो । यदि चाडै नेै सो पानीलाई नियन्त्रण गर्न सकिएन भने यसैबवर्ष पुल भत्किने सक्ने ओशो सेन्टरका योग प्रशिक्षक तथा पूर्वपत्रकार आन्नद श्रेष्ठले बताए ।