प्रचण्ड निवासमा कोरोना : ६ सुरक्षाकर्मीबाहेक सबैको रिपोर्ट नेगेटिभ
२०७७ साउन २२ गते

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा खटिएका ६ सुरक्षाकर्मीबाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
६ सुरक्षाकर्मीबाहेकका सबैको रिपोर्ट नेगेटिभ आएको प्रचण्डका निजी सचिवालयले जनाएको छ ।
यस्तै सचिवालयले प्रचण्डको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
यसअघि नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
२०७७ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित








