हिसाब देखाउनुस पैसाको अभाव हुँदैन : मन्त्री फुयाँल

चितवन । बागमती प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले विकास निर्माणमा प्रभावकारी काम हुनु पर्ने बताएका छन् ।

चितवनको राप्ती नगरपालिकामा चिप्लेटी कुलोको निरीक्षणका क्रममा मन्त्री फुयाँलले योजनाका लागि पैसाको अभाव नहुने तर प्रभावकारी काम हुनु पर्ने बताएका हुन् ।

विकास निर्माणमा पनि भ्रष्टचार शुन्य सहनशीलताको नीति लिनु पर्छ मन्त्री फुयाँलले भने – हिसाब सार्वजनिक गरेर काम गर्नुस् पैसाको कमी हुँदैन । जनताको योगदान हुने गरी योजनाहरु ल्याउनु पर्ने उनको भनाई थियो ।

मन्त्री फुयाँलले संघ, प्रदेश र स्थानीय सरकार जनता मिलेर काम गरे प्रभावकारी काम हुने औल्याए । त्यसले विकासमा फड्को समेत मार्ने बताए । मन्त्री फुयाँलले कोरोना भाईरसले सवै क्षेत्रमा असर पुर्याएको भन्दै उत्पादन वृद्धी हुने गतिविधी गर्नु पर्ने बताए । राप्ती नगरपालिका मेयर प्रभा बरालले भौतिक पुर्वाधारको काम दिगो हुनु पर्ने बताईन् ।

पूर्वाधार निर्माण प्रभावकारी नहुँदा करोडौ रकम नोक्सान भईरहेको छ मेयर बरालले भनिन् – दिगो किसिमले निर्माणको काम गर्नु पर्छ । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पहलमा भौतिक मन्त्रालयबाट कुलो निर्माणका लागि गत वर्ष १ करोड ३९ लाख विनियोजन भएको थियो ।

जीर्ण अवस्थामा रहेको कुलो आरसिसि ढलान निर्माण गरेर अहिले राप्ती ७ र ८ मा २ सय ८६ विगाहा जग्गामा खेती भएको कुलो निर्माण समितिका अध्यक्ष श्यामलाल विश्वकर्माले बताए । मुख्य कुलो र शाखा कुलो निर्माणका लागि अझै ३ करोड आवश्यक पर्ने भन्दै उनले मन्त्री फुयाँलको ध्यानाकर्षण गराए ।

कुलो निरीक्षणका क्रममा बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलिया, राप्ती नगरपालिका मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामा, राप्ती ८ का वडाध्यक्ष वुद्धिराज थपलिया, जिल्ला सहकारी संघका अध्यक्ष हरि प्रसाद पौडेल, नेकपा नेताहरु रामचन्द्र पाठक, गोविन्द कडेंल, युवा नेता केदार आचार्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =