मोरङमा बस दुर्घटना : एकको मृत्यु, तीन गम्भीर

विराटनगर । कोसी राजमार्गमा अन्तर्गत मोरङमा गएराति भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराटनगर महानगरपालिकाको प्रवेश गेट भन्दा उत्तरतर्फ रहेको आरती स्टिल उद्योग अगाडी सडक डिभाइडरमा १ ख ६९५२ नम्बरको बस ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा धनकुटाको साँगुरीगढी गाउँपालिका-७ बस्ने वर्ष २९ का जसबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सो दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा एक जना अन्दाजी ६० वर्षीय महिला नाम, वतन नखुलेको, भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका-७ का राजकुमार राई, सोही स्थानका कल्पना राई रहेका छन् ।एक जना सोही गाउँपालिकाका ३५ वर्षीय मुना राई सामान्य घाइते भएका छन् । घाइते सबैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको बताइएको छ । गएराति करिब साढे ८ बजेको समयमा उत्तरबाट दक्षिण विराटनगर तर्फ जाने क्रममा सडक बिचको डिभाइडरमा ठोक्किएर बस पल्टिएको प्रहरीले बताएको छ । तीव्र गतिको कारण दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =