आफ्नो फैसलामाथि उठेको प्रश्नप्रति सर्वोच्च असन्तुष्टि

काठमाडौं । सर्वोच्च अदालतले आफ्नो फैसलामाथि प्रश्न उठाएकोमा असन्तुष्टि व्यक्त गरेको छ । पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकामा सर्वोच्च अदालतले असन्तुष्टि जनाएको हो ।

न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रियाअनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका टिप्पणी नगर्न आग्रह गरेको छ ।

“सम्पादनका क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको व्यहोरो विदितै छ ।” अदालतका प्रवक्ता भद्रकाली पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

त्यहाँ थपिएको छ, ‘अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्धाको काम कारबाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्नसमेत सम्वद्ध सबैमा अनुरोध छ ।’

पछिल्लो समय पत्नी हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको सजाय घटाएको फैसलालाई लिएर प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि नै प्रश्न खडा हुँदै आएको छ ।

सर्वोच्चद्वारा जारी विज्ञप्तिः
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =