नेपाल-प्रचण्ड पक्ष रणनीति बनाउँदै खुमलटारमा

काठमाडौं । सत्तारुढ नेकपाको मंगलबार बस्ने स्थायी कमिटी बैठकको रणनीति बनाउन प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका छन् ।

भेलामा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँगै नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत सहभागी रहेको जनाइएको छ ।
भोलिको स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गर्ने तयारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुको छ ।

यसअघि गत १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डामा अध्यक्ष केपी ओली र प्रचण्ड सहमत हुन नसक्दा प्रतिवेदन पेश हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =