वीरगञ्जमा आइतबार बिहान मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

वीरगञ्ज । वीरगञ्जमा आइतबार बिहान मृत्यु भएका वृद्धमा कोरोना पुष्टि भएको छ । वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

उनी वीरगञ्जस्थित आदर्शनगरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी पनि हुन् ।

उनी मधुमेह र मुटु रोगबाट पीडितथिए । उनको कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा स्वाब संकलन गरी उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयरमा पठाइएको थिया । त्यहाँ आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।शनिबार रातिनै वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार राति ११ बजे अचानक अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =