साझा युवा संगठन पर्सा गठन

काठमाडौं । साझा युवा संगठन पर्सा जिल्ला समिति गठन गरिएको छ ।

साझा युवा संगठनका केन्द्रीय सदस्य राबाबु यादवको उपस्थितिमा भएको भेलाले सन्दिप साहको संयोजकत्वमा ११ सदस्यीय साझा युवा संगठन, पर्सा जिल्ला तदर्थ समिति गठन गरेको हो ।

नवगठित सदस्यहरुमा नितेश कुशवाहा, दिपेन्द्र दास, ब्रृजमोहन पाण्डे, सुरेन्द्रकुमार पण्डित, रन्जीत साह, सन्दीप साह, सुनील साह, सुबोध यादव, मुकुन्द गुप्ता, विरेन्जन कुमार यादव, राम दरस यादव रहेको केन्द्रीय सदस्य रामबावू यादवले जानकारी दिए ।

साझा युवा संगठन, साझा पार्टीको युवाहरुको संगठन हो । ‘सुसंस्कृत राजनीति समतामूलक सम्वृद्धि’ मूल नाराका साथ अघि बढिरहेको साझा पार्टी भ्रष्टाचार विरोधी पार्टीको रुपमा उदाउँदो वैकल्पिक पार्टी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =