प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

एक हवल्दार र तीन जवानमा कोरोना देखिएको हो । नेपाल प्रहरीको आफ्नै अस्पतालमा भएको परीक्षणमा कोरोना देखिएपछि थप पुष्टिको लागि टेकु पठाइएको छ ।

“चार जनालाई नै कोरोना देखिएको हो । तर थप पुष्टि गर्न टेकु पठाएका छौं ।” एक प्रहरी अधिकृतले भनेका छन् । केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएको थियो ।

तर प्रहरी प्रधान कार्यालयले भने औपचारिक रूपमा कोरोना पुष्टि भएको जानकारी दिएको छैन । कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्य १२ जनाभन्दा बढी प्रहरीको कोरोना परीक्षणको लागि स्वाब लिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =