नेपालमा ७०.६ प्रतिशत संक्रमित कोरोना जितेर घर फर्किए, कुन प्रदेशबाट कति भए डिस्चार्ज ?

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण जितेर घर फर्किनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म १३ हजार ५३ जना कोरोना जितेर घर फर्केका हुन् ।

यो ७० दशमलव ६ प्रतिशत हो । मन्त्रालयको तथ्यांक अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये शनिबारसम्म १३ हजार ५३ जना निको भएका छन् । देश नं १ मा ७७५, प्रदेश नं २ मा दुई हजार ८९८, वाग्मती प्रदेशमा ४६८, गण्डकी प्रदेशमा एक हजार १२५, प्रदेश नं ५ मा तीन हजार ९००, कर्णाली प्रदेशमा एक हजार ५८५ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ३०२ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रदेश नं १ को पाँचथर, भोजपुर र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कारोनाका सक्रिय सङ्क्रमित नरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =