सरकारको विकल्पको पखाईमा छौं : मिन विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन बहादुर विश्वकर्माले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको दाबी गर्दै सरकारको विकल्प खोजिनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार कहाँ छ ? भन्दै प्रश्न गरेका छन् ।
उनले भने,‘सरकार कहाँ छ ? सरकार कहीँ पनि देखिएको छैन् । नेपालको सिमानाभित्र नेपाल सरकार छैन् । सरकार हामीभन्दा बाहिर छ । अहिले यत्रो बाढि÷पहिरो गएको छ, कोरोनाको महामारी छ, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घट्ना घटेका छन्, तर सरकार कहीँपनि छैन् ।’
सत्तारूढ दलभित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजि भैरहेकोले वर्तमान सरकारको विकल्प खोज्नुको विकल्प नै नभएको उनको भनाई छ । उनले भने,‘नेकपाले जनता झुक्याउने काम गरिराखेको छ । यो सरकारको विकल्प खोजिनुपर्छ ।’ तर, सरकारको विकल्प खोज्नेबारे बल सत्तारूढ नेकपाकै कोर्टमा रहेको उनको टिप्पणी छ ।
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा कविता लेखेर बस्ने गरेको तर प्रधानमन्त्रीलाई जनताको दुःख र पीर/मार्का थाहा नभएको टिप्पणी गरे । उनले भने,‘जनता दुःख र पीडामा छन्, तर प्रधानमन्त्री बालुवाटारमा बसेर अब आँशु झार्नु पर्दैन् र कोही भोकै मर्नुपर्दैन् भनेर कविता लेख्नुहुन्छ । जनतालाई प्रधानमन्त्री बालुवाटारमा छन् भन्ने कुरा थाहा छ, तर सरकार कहाँ छ भन्नेबारे केही थाहा छैन् ।’
उनले आम नागरिकबीच सरकार नभएको जिकिर गरे । रुकुमपश्चिमको नरसंहार, युवतीमाथि एसिड आक्रमणदेखि चितवनको राष्ट्रिय निकुञ्जमा सेनाले मान्छे मारेको घट्ना कतैपनि सरकार नदेखिएको उनको गुनासो छ ।
वर्तमान सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउँदै गर्दा वैकल्पिक प्रधानमन्त्रीको नाम पनि उल्लेख गरेर प्रस्ताव ल्याउनुपर्ने संवैधानिक प्रावधान सुनाउँदै विश्वकर्माले भने,‘स्पष्ट बहुमतको साथ रहिरहेको सरकारको विकल्पको खोजि गर्ने जिम्मा पहिलो त सत्तारुढ दलकै भएको बताए
उनले शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम संविधानमै आफूहरुले स्वतन्त्र न्यायापालिकाको कल्पना गरेको र उसले दिर्ने निर्देशन, गर्ने फैसला र निर्णयलाई अक्षरशः पालना गर्ने कुरा संविधानमै प्रत्याभुति गरिएको बताए । तर, न्यायालयबाट गैर–न्यायिक, गैरकानूनी र गैरसंवैधानिक फैसला आउँछ भने जनताले फेरि कानून, संविधानको अक्षरमात्रै पढेर अन्याय सहेर नबस्नेपनि उनले चेतावनी दिए ।
उनले भने,‘हामी न्यायालयको स्वतन्त्रता स्वीकार्छौं, तर स्वच्छन्दता स्विकार्दैनौं ।’
रञ्जन कोइरालाको मुद्दाबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति उनले दुःख व्यक्त गर्दै प्रधानन्यायाधीश सहितको संलग्नतामा भएको यो फैसला सरासर गलत भएको टिप्पणी गरे । उनले न्यायमूर्तिहरुले कानूनको अक्षरलाई अवमूल्यन गर्नुनहुने बताए ।
पीडितले न्याय पाउनुपर्ने र पीडकले हदैसम्मको सजाय भोग्नुपर्ने नेता विश्वकमाको भनाइ छ ।
उनले पछिल्लो समय यस्ता घट्ना घट्नुमा सरकारलाई दोष दिए । उनले भने,‘न्यायापालिका त्यस्तै, सेना त्यस्तै, प्रहरी त्यस्तै, किनकी सरकार आफैं अपराधीलाई कारबाही गर्दैन् । त्यही भएर देशमा कुशासन बढेको हो । समग्रमा यो सरकार असफल भयो । यसको विकल्प खोज्नुपर्छ ।’








