कम्युनिस्ट पार्टी फुट्न सक्दैनः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले जनताकाे चाहना पुरा गर्न सके/नसकेकाबारे आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा तुल्सीलाल प्रतिष्ठानले राजधानीमा आयोजना गरेको स्मृति सभामा नेता नेपालले यस्ताे बताएका हुन् ।

पार्टीमा कसैले आफूलाई सर्वाेपरि ठानेमा त्यो पतन भएर जाने उनकाे भनाइ छ । ‘हामीले जनताको भावना र चाहना बुझ्न सकेका छौँ कि छैनौँ ? जिम्मेवारी राम्ररी पुरा गर्न सकेका छौं कि छैनौं ? आत्मालोचना गर्नुपर्छ। आडम्बर त्याग्ननुपर्छ’, नेता नेपालले भने ।

नेता नेपालले नेकपा नफुट्ने दाबी पनि गरेका छन् । उनले भनेका छन्, ‘पार्टी फुटिहाल्छ कि भनेर हामी थरथर कामिरहन्छौँ । यसरी डराउनुपर्ने कुनै आवश्यकता छैन । कम्युनिस्ट पार्टी फुट्न सक्दैन । कुप्रचारको पछाडि लाग्नुपर्ने अवस्था छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =