‘ओलीलाई बिदा गरौं, प्रधान्यायाधीशमाथि महाभियोग लगाऔं’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ जान लागेको चेतावनी दिएका छन् । उनले शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा देश गम्भीर संकटतर्फ जान लागेको भन्दै संकटमोचनका लागि पाँच सुझाव पेश गरे ।
नेता भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनुपर्ने बताए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सजाय घटाएपछि रञ्जन बिहीवार जेलमुक्त भएका छन् ।
जन्मकैदको सजाय पाएका कोइरालालाई दिएको सहुलियतले चौतर्फी प्रश्न उठाएको छ । सो प्रकरणको प्रतिक्रियामा नेता भट्टराई प्रधानन्यायाधीशले अपराधको संरक्षण गरेको भन्दै उनलाई महाभियोग लगाएर हटाउनुपर्ने बताएका हुन् ।
देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!
— Baburam Bhattarai (@brb1954) July 24, 2020
त्यस्तै केपी शर्मा ओलीको ठाउँमा नेकपाभित्रैबाट अर्को प्रधानमन्त्री चयन गर्न पनि उनको माग छ । उनले भनेका छन् – ‘देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं : १. संसद अधिवेशन बोलाऊँ, २. केपी शर्मा ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं, ३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ, ४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं, ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ !’








