ओखलढुंगाको पलापुमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

चम्पादेवी । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको–२ पलापुमा बिजुली पुगेको छ । पूर्वसांसद तथा नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाको पहलमा पलापुमा बिजुली पुगेको हो । बिजुलीको आइतबार उद्घाटन गरिएको छ ।

अब त्यहाँका जनताले पनि राट्रिय प्रशारणको बिजुली बाल्न पाउने भएका छन् ।

देशभर बिजुली पुग्दासमेत पलापुमा हालसम्म पनि बिजुली नभएर त्यहाँका जनताले अन्धकारमा बस्नु पर्दा आफूलाई असजिलो भइरहेको बताउँदै अब त्यहाँका सवैसाधारणले पनि बिजुली बाल्न पाउने उनले बताए । ‘चम्पादेवी गाउँपालिका– २, पलापुका जनताले अब राष्ट्रिय प्रसारणको बिजुली बाल्न पाउनु हुनेछ ।’ उनले भने

खतिवडाले जिल्लाको विकासमा सधै आफूले सक्दो सहयोग गर्ने बताएका छन् । ‘विकास भनेको तेरो र मेरो हुँदैन, सक्नेले गर्ने हो, केही समय राजनीतिका कुरा छाडौँ, विकास गर्ने कुरामा प्रतिस्पर्धा गरौँ’ उनले भने ।

यस्तै नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवारले जिल्लाको विकासमा कांग्रेसको विशेष भूमिका रहेको बताए । कांग्रेस पराजित भएपनि ओखलढुंगाको विकासमा कहिल्यै पनि पछाडि नहट्ने उनले बताए ।

बिजुली उद्घाटनमा कांग्रेस नेता नवराज केसी, वडाध्यक्षद्वय कुलबहादुर श्रेष्ठ, विष्णु पुलामी, कांग्रेस नेता प्रकाश दाहाललगायतको उपस्थिति थियो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग चम्पादेवी गाउँपालिकाको–२ मा राष्ट्रिय प्रसारणको बिजुली पुर्‍याउन नेता खतिवडाले आग्रह गरेका थिए । उनकै पहलमा बिजुलीको खम्बासहितको प्रसारण लाइन जोडिएको हो ।

गाउँमा बिजुली पुगेछि स्थानीयहरू खुसी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =