एकैछिन बसेर फेरि स्थगित भयाे नेकपा स्थायी समिति बैठक, अर्काे बैठक साउन १३ मा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समितिको बैठक स्थगित भएको छ । आज १ बजेका लागि बोलाइएको बैठक एकैछिन बसेर साउन १३ गते सम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित थिएनन् । बैठक बस्नुअघि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । दुवैको सहमतिमा बाढी-पहिरो पीडितको उद्धारमा खट्नका लागि साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको समितिका एक सदस्यले जानकारी दिए ।
पार्टीका नेताहरु बिचको विवाद समाधान हुन नसक्दा पटक–पटक स्थगित हुँदै/सर्दैै आएको बैठक आज पनि तोकिएको समयमै बस्न सकेकाे थिएन । ११ बजे बाेलाइएकाे बैठक १ बजेका लागि सारिएकाे थियाे । एकैछिन बसेर टुंगाइएकाे हाे ।
असार १० गते सुरू भएको पहिलो बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि त्यसयता बैठक ७ पटक बढी स्थगित भइसकेको छ ।








