भदौ १ गतेदेखि आन्तरिक तथा बाहृय उडान खुल्ने, लकडाउन पनि खुकुलो

काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा बाहृय उडान सुचारु गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो ।

अब अन्तराष्ट्रिय अभ्यास र विदेशमा भएका नेपालीहरूलाई आउन दिन पनि हवाई सेवा सुचारू गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । उनका अनुसार उडानहरु कसरी सुचारु गर्ने भन्‍नेबारे मन्त्रालयले प्रोटोकल बनाउनेछ । सरकारले चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।

वायुसेवा पुनः सञ्‍चालन गर्न असार १५ गते पर्यटन मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा कोभिड१९ संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले सोमबारको मन्त्रिपरिषद् बैठकमा हवाइ सेवा सुचारु गर्न प्रस्ताव लगेका थिए ।

यसैबीच अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । जारी लकडाउन साउन ७ गते सकिँदैछ । साउन ८ गतेदेखि लकडाउनलाई अझै खुकुलो बनाइने भएको हो ।

सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय पनि सरकारले गरेको छ । यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =