सचिवालय बैठक सकियो, स्थायी समिति बैठक आइतवार निर्धारित समयमै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ घण्टा लामो सचिवालय बैठकले नेकपा स्थायी कमिटी बैठक आइतवार निर्धारित समयमै बस्ने सहमति गरेको हो ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतवार निर्धारित समयमै बैठक बस्ने बताएका हुन् । आइतवार दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ ।

बैठकमा पार्टीमा देखिएको संकट र विवाद समाधानका लागि थप छलफल गर्ने विषयमा समेत सहमति भएको प्रवक्ता श्रेष्ठले बताए ।

उनले भने, ‘पार्टी एकता रक्षा र सुदृढ गर्ने, नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेश अनुसार नै काम गर्ने गरी पार्टीको संकट निवारण गर्न थप छलफल गर्ने निष्कर्ष निकालिएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =