‘प्रधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ’

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मनीका तानाशाह एडल्फ हिटलरसँग तुलना गरेका छन् । ओलीले उग्र राष्ट्रवादको नीतिलाई हतियार बनाएको भन्दै भट्टराईले उनलाई हिटलरसँग तुलना गरेका हुन् ।

प्रधानमन्त्री ओली पछिल्लो नीति र व्यवहारले देश गम्भीर संकटतिर जाँदै गरेको उनको ठम्याइ छ । ‘प्रम केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ’, भट्टराईले आज बिहान ट्विट गर्दै लेखेका छन्, ‘कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेश नीति, जातीय-धार्मिक द्वेष, राज्यका अंग ! स्मरण रहोस् हिटलर पनि निर्वाचित थिए र चरम राष्ट्रवाद उनको पनि हतियार थियो ।’

उनले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने विषयमा नेकपा अझै पनि अलमलमा रहेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ‘आखिर के भयो ? नेकपा किन अलमलमा ?’, भट्टराईको प्रश्न छ, ‘संसदबाटै संकटमोचन किन हुन्न ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =