नेकपामा नयाँ ट्विष्ट : वामदेव र बादलको ‘संकेत’पछि ओलीले बोलाए सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी विवादमा नयाँ ट्विष्ट आएको छ । जारी स्थायी कमिटी बैठक नै अन्योलमा रहेका बेला शीर्ष नेताहरुले फेरी सचिवालय बैठकमा छलफल गर्ने निर्णय गरेका हुन् ।

यसका लागि आज दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको छ । यसअघि स्थायी कमिटी बैठक लगातार स्थगित हुदा अलमलमा परेको नेकपाको नेतृत्व र विवाद अब फेरी सचिवालयमा फर्किएको हो । विहिबारसम्म अब केन्द्रीय कमिटी बैठक बोलाएर सबै विवाद केन्द्रीय कमिटीमा छलफल गर्ने निष्कर्षमा पुगेको नेकपाको नेतृत्व अब सचिवालयमै फर्किनुलाई नेकपा विवादमा नयाँ ट्विष्ट आएको रुपमा बुझिएको छ ।

नेकपाको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक सर्न शुरु भएको हो । त्योसँगै चुलिएको शक्तिसंघर्षले नेकपा विभाजन हुनलागेको चर्चासमेत चल्यो । नेकपाकै नेताहरुले पार्टी फुटको संघारमा पुगेको चर्चा गरे ।

यही पृष्ठभूमिमा लगातार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक थप पछाडि धकेलेर सचिवालय बैठक बोलाइनुलाई अर्थपूर्ण ठानिएको छ । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै समुह नयाँ विकसित घटनाक्रमले संशकित भएको पनि नेकपामा चर्चा छ ।

सचिवालय बैठक बोलाउने निधोमा किन पुगे ओली ?
प्रधानमन्त्री केपी शर्मा ओली आफू अनुकल परिस्थिति निर्माण भएको आकलन गरेर सचिवालय बैठक बोलाउने निर्णयमा पुगेको कतिपयको तर्क छ । उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा (बादल)ले दिएको महत्वपूर्ण संकेतले सचिवालय बैठक बोलाइएको हुनसक्ने नेताहरुले बताएका छन् ।

विहिबार बिहान नेकपा अध्यक्ष दाहालको निवास खुमलटारमा भएको गुट भेला (दाहाल, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य थापा)मा गौतम र थापाले अहिले सरकार बदल्ने उचित समय नभएको र पार्टी विभाजन हुनबाट रोक्नुपर्ने तर्क गरेका थिए ।

सधैं तटस्थ देखिदै आएका थापा प्रधानमन्त्री इतरको समूहमा सामेल भएपनि मध्यमार्गी प्रस्तावमार्फत् अन्य नेताहरुलाई समेत प्रभावित बनाउनुले नेकपाभित्र प्रधानमन्त्रीको अनुकुल समीकरण बन्न पुगेको आकलन गर्न थालिएको छ । अहिले नेकपाको शीर्ष तहमा गृहमन्त्री थापा र उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई साथ दिने अनुमान गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =