युवा तथा प्रहरीको सहकार्यमा ‘मास्क अनिवार्य’ अभियान [फोटोफिचर]
![युवा तथा प्रहरीको सहकार्यमा ‘मास्क अनिवार्य’ अभियान [फोटोफिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2020/07/collage-scaled.jpg)
विराटनगर । वडा प्रहरी कार्यालय विराटनगर र स्थानीय युवाहरुको सहकार्यमा मास्क अनिवार्य लगाउने सम्बन्धी अभियान सरु गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि मास्क नलगाई घर बाहिर निस्किने आम नागरिकलाई अनिवार्य मास्क लगाउने सम्बन्धी अभियान बिराटनगरस्थित जलजला चोकबाट शुक्रबारबाट थालिएको हो ।
अधिकांश मानिसहरु मास्क नलगाई घर बाहिर निस्कने प्रवृत्ति बढेको र मास्क हुने पनि गोजिमा राखेर बिना मास्क नै हिँड्ने भएकाले सामाजिक अभियन्ता तथा लियो मल्टिपल पास्ट डिष्ट्रिक प्रेसिडेन्ट चान्द बावु ईराकीको निजि सहयोगमा बिना मास्क बाटोमा हिँड्ने नागरिकहरुलाई मास्क पनि वितरण गरेका छ ।
जिल्ला प्रहरी कार्यालयको समन्वय र वडा प्रहरी कार्यालय विराटनगरको सहकार्यमा मास्क नलगाउनेलाई जनचेतना मूलक जानकारी दिँदै तीन हजार मास्क वितरण गरिएको चान्द ईराकीले बताए ।
कोभिड–१९ को महामारीको अवस्थामा मास्क नलगाई हिँड्ने आम नागरिकलाई अनिवार्य मास्क लगाउन प्रेरित गर्ने गरेको वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डिएसपी वेदप्रसाद गौतमले बताए । ९० प्रतिशतले मास्क लगाएको देखिए पनि कतिपयले गोजिमा मास्क बोक्ने कोहि भाग्ने गरेको उनको भनाई छ ।
मास्क गोजिमा बोकेर नलगाई हिँडनेलाई एक पटक सम्झाएर मास्क लगाउन लगाउने अर्को पटक देखि मास्क नलगाउनेलाई जरीवाना तिराउने उनले बताए ।
तस्बिर : सुजाता लिम्बु









