कोरोना संक्रमितको संख्या घट्दै : बिपी प्रतिष्ठानमा २८ पुराना संक्रमित उपचाररत, नयाँ थपिएनन्
२०७७ असार २८ गते

काठमडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमितको संख्या घटेको छ । हाल प्रतिष्ठानमा २८ जना पुराना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमित नथपिएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका कूल २३९ कोरोना संक्रमित मध्ये हाल २८ जनामात्रै उपचाररत रहेका प्रवक्ता सापकोटाले जानकारी दिए ।
उनले प्रतिष्ठानमा हालसम्म ११ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिएका छन् ।
२०७७ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित









