घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै लकडाउन अवधिमा घरेलु हिंसा तथा सामाजिक विविध घटनाहरूलाई मध्यनजर गरेर बिहीबार विराटनगर– ५ स्थित खवास टोलमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष सृजना रिजालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले कार्यक्रममा सहजीकरण गरिदिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले सामाजिक सञ्जालले पनि हिंसा बढाउनमा मद्दत पुगेको बताए ।

सामाजिक सञ्जालको प्रयोग सही तरिकाले गर्न नसक्दा सामाजिक सञ्जालमा आएका अपरिचित व्यक्तिहरूसँगको सम्बन्धले पछिल्लो समय अधिकांश आपराधिक, हिंसात्मक घटना समाजमा बढ्दै गएको गौतमको भनाई छ ।

उनले भने,‘हिंसा धेरै प्रकारका हुन्छन् सामाजिक हिंसा, घरेलु हिंसा अभावले मनसिकरुपमा विक्षिप्त भएर आत्महत्याको सोच बनाउनु पनि हिंसा नै हो, त्यस्तो कुनै पनि खालको समस्या भए हामी प्रहरीलाई निर्धक्क भएर भन्नुस्, हामीसँग महिला प्रहरी पनि हुनहुन्छ तपाईँहरूको समस्या सुनेर समाधान गर्नका लागि प्रहरी तपाईँहरू कै साथी हो ।’

त्यस्तै कार्यक्रममा बोल्दै रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी अध्यक्ष सृजना रिजाले आगामी दिनहरूमा महिलाहरूलाई आत्मनिर्भर बनाउनका निमित्त सिपमूलक कार्यक्रम लिएर आउने प्रतिबद्धता जनाएकी छिन् ।

उक्त कार्यक्रममा सामाजिक अभियन्ता लीला ढुङ्गेल, सामाजिक अभियन्ता चिरन्जिवि आचार्य, पेरिस सुवेदीको उपस्थिति रहेको थियो भने रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी सचिव सृजनाले रिजालले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =