गंगालालमा उपचाररत ७ जनामा देखियो कोरोना, आकस्मिक बाहेकका सबै सेवा बन्द
२०७७ असार २३ गते

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबारबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।
अस्पतालमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि सतर्कता अपनाउँदै आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको अस्पताल प्रशासनले जनाएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द रहनेछ ।

२०७७ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








