क्लीन चितवन, ग्रिन चितवन, बेटर चितवन अभियान सुभारम्भ

चितवन । चितवनका युवाहरुको एक समुहले क्लीन चितवन, ग्रिन चितवन, बेटर चितवन अभियान सुभारम्भ गरेको छ ।

समाजमा रहेका विकृती विसंगति न्युनिकरणदेखी सरसफाईको काम अभियानका क्रममा हुने अभियानका अगुवा युवा समाजसेवी सरोजध्वज भण्डारीले जानकारी दिए ।

उनीहरुले प्रारम्भमा ६० दिने अभियान संचालन गरेका छन् । अभियानको सोमवार एघारौँ दिन उनीहरुले जिल्लाको कालिका नगरपालिका स्थित पर्यटकीय क्षेत्र सिन्ती झरना र शक्तिखोर बजारमा सरसफाई गरेका छन् । टोल विकास संस्था र स्थानीय अगुवाहरुको सहयोगमा प्रत्येक दिन सरसफाईको काम भईरहेको अभियन्ता भण्डारीले बताए ।

यस अभियानमा सार्वजनिक स्थलका फोहोर संकलन गरेर सचेतना समेत फैलाईने उनको भनाई छ । सरसफाईसँगै वृक्षारोपणको काम समेत भईरहेको छ ।

अभियानका क्रममा १० हजार विरुवा वृक्षारोपण गरिने भण्डारीले जानकारी दिए । समाजमा व्याप्त विकृती, विसंगती, भ्रष्टचार नियन्त्रण, वालविवाह नियन्त्रणका लागि पनि सचेतना मुलक कार्यक्रम गरिने उनले जनाए ।

हाल पूर्वी चितवनमा यो अभियान संचालन भईरहे पनि यसलाई विस्तार जिल्ला र राष्ट्रियस्तरमा पुर्याउने योजना रहेको भण्डारीले बताए । अभियानमा हाल ५० जना भन्दा बढि युवायुवतीहरु आवद्ध भईसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =