थप २९३ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै ३० संक्रमित थपिए
२०७७ असार २१ गते

फाइल तस्विर
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।
आज थपिएका संक्रमितमध्ये उपत्यकाका मात्रै ३० जना रहेका छन् । कामाडौंमा २७, ललितपुरका २ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी संक्रमित अन्य जिल्लाका रहेका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार आज थप २९३ जनामा कोरोना पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । संक्रमितमध्ये ९ हजार २०३ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा ३१ हजार ५७३ जना रहेका छन् ।
२०७७ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








