रिपोर्ट नआउँदै घर पठाइएका २९ वर्षीय युवकको मृत्यु

काठमाडौं । कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका युवकको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका २ का २९ वर्षीय युवकको गएराती मृत्यु भएको हो ।

निसीखोला घर भए पनि उनी ढोरपाटन नगरपालिका ४ मा रहेको ससुरालीस्थित घरमै थिए । वडा कार्यालयले थाहा पाएपछि छोरेगाउँ मावि क्वारेन्टाइनमा राखिएको थियो । फोक्सोको समस्या भएका ती युवकको गएराती साढे १२ बजे उनको मृत्यु भएको वडाध्यक्ष तिलक पुनले जानकारी दिए ।

मृतकको परिवारका ५ जनाको स्वाब संकलन गरेर पठाएकोमा तीन जनाको रिपोर्ट नेगेटिभ आएको थियो मृतकको भने रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *