सैन्य आधार तालिम सकेर ७७१ प्रशिक्षार्थी बने सिपाही

विराटनगर । पूर्वी पृतना हेडक्वाटर ईटहरी अन्र्तगत रहेका विभिन्न युनिटहरुमा सैन्य आधार तालिममा प्रशिक्षणरत सैन्य शिक्षार्थीको दिक्षान्त समारोह सम्पन्न भएको छ । गत पुष १ गतेबाट संचालन भएको सैन्य आधारभुत तालिम ७ महिना पश्चात असार १९ दीक्षान्त समारोह सम्पन्न भएको हो ।सैन्य आधार तालिममा प्रशिक्षणरत ७ सय ७१ जनाले करिब सात महिनाको सैन्य आधारभुत तालिम पश्चात शुक्रबारबाट सिपाही दर्जामा प्रवेश गरेको पूर्वी पृतना सूचना तथा जनसम्पर्क शाखाले जानकारी दिएको छ । पूर्वी पृतना सुचना तथा जनसम्पर्क शाखाको अनुसार दिक्षान्त समारोह पश्चात उनीहरु नेपाली सेनामा रहेको विभिन्न युनिट-फर्मेशनको रिक्त रहेको दरबन्दीमा नियुक्ति भएका हुन् ।पास आउटको समय तालिमरत शिक्षार्थीहरुको आफ्न्तलाई दिक्षान्त समारोहमा सरिक हुन निमन्त्रणा गर्ने गरिएको भए पनि हाल विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड-१९ संक्रमणलाई मध्यनजर गरेर आफन्त तथा अन्य पाहुनाहरुलाई निमन्त्रणा नगरिएको पूर्वी पृतना हेडक्वाटर ईटहरीले जनाएको छ ।पूर्वी पृतना हेडक्वाटर ईटहरीको अनुसार पास आउट हुनेमा धनकुटा जिल्लामा अवस्थित नं. २ बाहिनी अडडबाट १४२ जना, धनकुटा जिल्लाकै सल्लेरी व्यारेकमा अवस्थित बरख गणबाट ७९ जना, उदयपुर जिल्लाको बोक्से गाईघास्थित रणशार्दुल गणबाट १५ जना, झापा जिल्लाको चारआलीमा अवस्थित नयाँ श्रीनाथ गणबाट ९८ जना, ओखलढुंगा जिल्लाको अरिदमन गणबाट ८६ जना, मोरङ जिल्लाको थलाहा स्थित सूर्यदल गणबाट ९४ जना, मोरङ जिल्लाको याङ्गशिला स्थित कालीशक्ति गण (ईन्जिनियर) बाट ६० जना र मोरङ जिल्लाको लेटाङ स्थित पूर्वी पृतना तालिम शिक्षालयबाट ११७ जना गरी ७ सय ७१ जना सैन्यहरु सिपाहीमा प्रवेश गरेका छन् ।उक्त दिक्षान्त समारोहमा विभिन्न गतिविधिहरु (दौड, चादमारी फायरिङ्ग, बाधापार, ड्रिला)मा प्रथम हुने सैन्यहरुलाई पुरस्कार वितरण गरिएको थियो, भने तालिम अवधिभर सर्वोत्कृष्ट हुनै सैन्य (शिक्षार्थी) लाई खुकुरी होल्डर धोषित गरी पुरस्कार वितरण गरिएको पूर्र्वी पृतना सूचना तथा जनसम्पर्क शाखाले जनकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =