प्रदेश १ मा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश नम्बर १ मा थप ११ जना कोरोना संक्रमण पुष्टि  भएकाे छ । बिहीवार ४ जना महिला र ७ जना पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० जना र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

आज (बिहीवार) मोरङमा ६, सुनसरीमा ३, खोटाङ र झापामा १/१ जनामा संक्रमण देखिएको छ ।

मोरङको उर्लाबारीमा ४ महिला र २ पुरुष, सुनसरीको इटहरीमा ३ पुरुष, खोटाङको दिक्तेल र झापाको शिवसतासीमा १ पुरुषमा संक्रमण देखिएको हो ।

प्रदेश १ मा कूल कोरोना संक्रमितको संख्या ६ सय १५ जना पुगेका छन् भने ४ सय जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

आज संक्रमण पुष्टि भएकाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =